‘प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता, नतिजा नआएसम्म उद्धार र पुनःस्थापना जारी रहन्छ’
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि राज्यका सबै संयन्त्र परिचालन गरेर खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको काम निरन्तर भइरहेको उनले बताएका हुन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको भन्दै सरकार गम्भीर रूपमा उद्धार तथा राहतमा जुटेको बताएका छन्। बाढी आएलगत्तै प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको उनले उल्लेख गरेका छन्।
Read full story at source (aarthiknews.com)