राष्ट्रियता रक्षाका लागि एकजुट हुन कम्युनिस्ट शक्तिहरू तयार
ratopati.com · Sun Aug 30 01:02:55 GMT 2026

काठमाडौँ । नेपालका विभिन्न कम्युनिस्ट पार्टी नेता, परराष्ट्रविद् र वामपन्थी बुद्धिजीवीहरूले नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा सङ्कटमा रहेकाले यसको रक्षाका लागि एकजुट हुन आफू तयार रहेको बताएका छन् । उनीहरूले राष्ट्रिय विपद्मा राहत र उद्धारका लागि एक भएर लाग्न पनि सरकार, राजनीतिक दल र जनसमुदायलाई आह्वान गरेका छन् ।
राजधानीमा शनिबार समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले आयोजना गरेको बृहत् विचारगोष्ठीमा सहभागी विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ र बौद्धिकहरूका बिच नेपालको राष्ट्रियतामाथि सुगौली सन्धियताकै गम्भीर सङ्कट आइपरेको स्वीकार गरेका हुन् । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव अशोक सुवेदीले प्रस्तुत गरेको ‘नेपालको राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता’ विषयक गोष्ठीपत्रमाथि विचार राख्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले साम्राज्यवादी शक्तिहरूले जेनजी विद्रोह, निर्वाचन र सरकार निर्माणका क्रममा आफूले गरेको लगानीको प्रतिफल खोजिरहेको र त्यसले पछिल्लो अवस्थामा नेपालको राष्ट्रियतामाथि थप सङ्कट थोपरेको बताए ।
Read full story at source (ratopati.com)