बाढीले बगाएका ६७५ शव फेला, २० वटा शव मात्र पहिचान, पहिचान नभएका शव गाड्न सुरु
kendrabindu.com · Sun Aug 30 01:02:31 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछि भेटिएका शव राख्ने ठाउँ अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि सनाखत नभएका शव जमिनमा गाड्न सुरु गरिएको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालेको हो।
नेपाल प्रहरीका अनुसार शनिबार अबेरसम्म ६ सय ७५ शव फेला परेकामा २० वटाको मात्र पहिचान खुलेको छ। शव पहिचान नै नभएर थन्किएका कारण अस्पतालका शवगृहहरू भरिन थालेका छन्। परिस्थिति जटिल बनेपछि नेपाल प्रहरीको अनुरोधमा सरकारले पहिचान नखुलेका तथा बेवारिसे भएका शवको व्यवस्थापन गर्न निर्देशिका नै संशोधन गरेको हो।
Read full story at source (kendrabindu.com)