MAXUS Nepal द्वारा रु. ७० लाख सहयोग घोषणा
corporatenepal.com · Thu Aug 27 12:03:12 GMT 2026

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा, भाद्र १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै कुल रु. ७०,००,००० (सत्तरी लाख रुपैयाँ) सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त घोषित रकम मध्य रु. ५०,००,००० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको छ, जसले नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउनेछ भने बाँकी रु. २०,००,००० बराबरकोको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको छ । उक्त राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिनेछ।
Read full story at source (corporatenepal.com)