देशभर प्रदर्शन हुँदै ‘भागदौड’
rajdhanidaily.com · Sun Jun 28 11:57:48 GMT 2026

काठमाडौं । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर जनाइएको छ ।
चलचित्रका अभिनेता विशाल पोखरेलका अनुसार परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई चलचित्रमा प्रस्तुत गरिएको छ । उनले भने, “चलचित्रमा मैले अभिनेताका रूपमा प्रहरीको पात्रलाई जीवन्त बनाउने कोशिस गरेको छु । पहिलो पटक म प्रहरीको रूपमा प्रस्तुत भए पनि मेरो सानैदेखिकै सपना भने प्रहरी बन्नु थियो, यसपटक त्यसलाई चलचित्रमा पूरा गरे ।”
Read full story at source (rajdhanidaily.com)