देउवा र खड्काको पूरक निवेदनमा सुनुवाइ सकियो, आदेश आउँदै
baahrakhari.com · Thu Aug 27 12:08:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पूरक निवेदनमा सुनुवाइ सकिएको छ ।
देउवा र खड्काले वारेसमार्फत गत मंगलबार (भदौ ९) भिन्नाभिन्नै रूपमा पूरक निवेदन दर्ता गरेका थिए । निवेदनमाथि न्यायाधीशहरू डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । देउवा र खड्का पक्षीय कानुन व्यवसायीको बहस सकिएर आदेश आउँदै छ ।
Read full story at source (baahrakhari.com)