चारअर्ब १८ करोड बढीको कुकुर-बिरालोको खाना अमेरिका निर्यात
kendrabindu.com · Fri Jul 24 00:54:20 GMT 2026

काठमाडौं । नेपालले अमेरिकामा ४ अर्ब १८ करोड ८६ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । कुकुर र बिरालाको खानाको रूपमा निर्यात हुने छुर्पीले नेपाली निर्यात विविधीकरणमा नयाँ आयाम थपेको विभागको तथ्यांकबाट देखिन्छ ।
निर्यात सूचीमा सोयाबिन तेल पहिलो र अलैँची दोस्रो स्थानमा रहेका छन् भने ऊनी गलैँचा, सूर्यमुखी तेल र जुटको कपडा क्रमशः शीर्ष पाँचभित्र छन् । यसका साथै हङकङमा बहुमूल्य जडीबुटी यार्चागुम्बा, युरोपमा चिया तथा पश्मिना र जापानमा घिउजस्ता वस्तुहरूको निर्यातले विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण सहयोग पुर्याइरहेका छन् ।
Read full story at source (kendrabindu.com)