नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
nagariknews.nagariknetwork.com · Fri Jul 24 00:38:34 GMT 2026

गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म। झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ। स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले उनले निर्वाचन क्षेत्रमा निरन्तर भेटघाटलाई प्राथमिकता दिइरहेकी छन्।
निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामै सीमित हुन्छन् भन्ने जनधारणा नेपालमा नयाँ होइन। चुनावताका गाउँटोलमा बाक्लै देखिने नेताहरू त्यसपछि पाँच वर्षसम्म विरलै फर्किने अनुभवले नागरिकमा निराशा पनि बढाएको थियो तर पूर्वउपसभामुखसमेत रहेकी रानामगर यतिबेला फरक अभ्यासमा देखिएकी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)