कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
ratopati.com · Sun Jun 28 11:59:24 GMT 2026

विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट अवैध रकम असुली गरेको आरोपमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीले हिजो मुख्य आरोपी अभिषेक गिरीलाई पक्राउ गरेको थियो ।
आइतबार पक्राउ पर्नेमा जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचन्द्र यादवसहित तीन जना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कारागारभित्र तरकारी आपूर्तिकर्ता विजय कामत र अभिषेक गिरीका सहयोगी दीपक कार्की पनि छन् ।
Read full story at source (ratopati.com)