सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
ratopati.com · Sun Aug 30 01:30:01 GMT 2026

सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०२ बजेको मापनमा जलसतहले सतर्कताको सीमा नाघेको हो।
अविरल वर्षाका कारण नदीको जलसतह बढ्ने क्रम जारी रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
Read full story at source (ratopati.com)