क्यानडामा पहिलोपटक रिड्यु नदी किनारमा गंगा आरती, नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक उत्साह
kalakarmi.com · Sun Aug 30 01:26:50 GMT 2026

ओटवा (क्यानडा)– क्यानडाको राजधानी ओटवामा पहिलोपटक नेपाली समुदायको आयोजनामा गंगा आरती गरिएको छ । आरतीमा सहभागिता जनाएका आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष रेडियोकर्मी शिरोमणि दवाडीका अनुसार जनै पूर्णिमाको अवसर पारेर ओटवास्थित प्रसिद्ध रिड्यु नदीको किनारमा आयोजना गरिएको सन्ध्याकालीन गंगा आरतीमा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विगत पाँच वर्षदेखि ओटवामा जनैपूर्णिमा सञ्चालन समितिको पहलमा सामूहिक रक्षाबन्धन तथा जनै फेर्ने कार्यक्रम आयोजना हुँदै आएको थियो । यस वर्ष भने नेपालमा भएका प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूको आत्माको शान्तिको कामना तथा संकट मोचनको उद्देश्यसमेत राख्दै नियमित कार्यक्रमसँगै पहिलोपटक सन्ध्याकालीन गंगा आरती आयोजना गरिएको हो ।
Read full story at source (kalakarmi.com)