भक्तपुरमा ८ दिन मनाइने परम्परागत पर्व गाईजात्रा सुरु
annapurnapost.com · Sun Aug 30 01:23:56 GMT 2026

भक्तपुर : वर्षभरि दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाई निकाल्ने वार्षिक जात्रा अर्थात् गाईजात्रा शनिबार सुरु भएको छ। नेवार समुदायले मनाउने गाईजात्रा जनैपूर्णिमाको भोलिपल्टदेखि अर्थात् भाद्रकृष्ण प्रतिपदादेखि कृष्ण अष्टमीसम्म ८ दिन मनाइने परम्परागत जात्रा हो।
शनिबार भक्तपुरमा घिन्ताङघिसी ट्वाक्क खेल्दै परिवार र आफन्तले दिवंगत सदस्यको तहामचा बनाई नगर परिक्रमा गराएका छन्। यसो गर्दा मृत व्यक्तिको आत्माले स्वर्गको बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्न सक्ने र मोक्ष मिल्ने धार्मिक विश्वास रहेको स्थानीय शिवराम भुजु बताउँछन्।
Read full story at source (annapurnapost.com)