अर्गानिक प्रमाणीकरण अब नेपालमै
barnanmedia.com · Fri Jul 24 01:10:13 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्गानिक एसोसिएसन नेपाल’ का पदाधिकारीसँग बिहीबार भएको छलफलमा प्रधानमन्त्री शाहले उक्त निर्देशन दिनुभएको हो ।
सो क्रममा एसोसिएसनका पदाधिकारीले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरण व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राख्नुभएको थियो । उक्त मागलाई प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्नुभएको छ ।
Read full story at source (barnanmedia.com)