विद्यार्थी आन्दोलनपछि भारत सरकार दबाबमा, एकै रात तीन ठूला निर्णय
aarthiknews.com

एजेन्सी । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थीहरूको आन्दोलन चर्किरहेका बेला भारत सरकारले एकपछि अर्को महत्वपूर्ण निर्णय गरेको छ। आन्दोलन र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग भइरहेका बीच सरकारले प्रश्नपत्र चुहावटसम्बन्धी मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
यसैबीच, २६ दिनदेखि आमरण अनशनमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुकले पनि बिहीबार राति आफ्नो अनशन तोडेका छन्। भारत सरकारको प्रशासनिक तहमा पनि महत्वपूर्ण फेरबदल गरिएको छ। बिहीबार राति ११:०४ बजे शिक्षा मन्त्रालयका सचिवको सरुवा गरिएको जानकारी सार्वजनिक भएको थियो। त्यसको केही समयपछि राति १२:३२ बजे सोनम वाङचुकले अनशन अन्त्य गरेको समाचार आएको हो।
Read full story at source (aarthiknews.com)