गुगलको नयाँ सुरक्षा फिचर: सेल्फी भिडियोबाट अकाउन्ट साइन-इन र रिकभर गर्न सकिने
techpana.com · Fri Jul 24 01:37:12 GMT 2026

काठमाडौं । गुगलले प्रयोगकर्तालाई आफ्नो अकाउन्टमा अझ सुरक्षित र सहज रूपमा पहुँच दिने उद्देश्यले नयाँ ‘सेल्फी साइन-इन ’ सुविधा सार्वजनिक गरेको छ । पासवर्ड बिर्सिएको वा आफ्नो नियमित मोबाइल तथा कम्प्युटरमा पहुँच नभएको अवस्थामा पनि प्रयोगकर्ताले आफ्नो अनुहारको छोटो भिडियो प्रयोग गरेर अकाउन्टमा सइन-इन गर्न सक्नेछन् ।
गुगलका अनुसार यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले सुरुमै आफ्नो अनुहारको छोटो भिडियो रेकर्ड गर्नुपर्छ । जसका लागि प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्टभित्र रहेको सेक्युरिटी एन्ड साइन-इन अप्सनभित्र जानुपर्नेछ । त्यहाँ रहेको सेल्फी भिडियो अप्सनमा क्लिक गरी रेकर्ड गर्न सकिनेछ । भिडियो खिच्दा स्क्रिनमा देखाइने निर्देशनअनुसार टाउको घुमाउनेजस्ता सामान्य गतिविधि गर्नुपर्ने हुन्छ, जसले विभिन्न कोणबाट अनुहारको विवरण सुरक्षित रूपमा रेकर्ड गर्छ ।
Read full story at source (techpana.com)