त्रिशूलीमा तीन मिटर जलसतह बढ्यो, सुनकोशीले सतर्कता तह पार गर्यो : बाढी पूर्वानुमान महाशाखा
nagariknews.nagariknetwork.com · Sun Aug 30 01:28:01 GMT 2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह तीन मिटर बढेको छ।
यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीमा पनि जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)