पहिचान हुन नसकेका शवलाई फेरि निकाल्न मिल्नेगरी गाडिँदै, खनियो १.५ मिटर गहिरो खाल्डो
himalpress.com · Sun Aug 30 01:31:23 GMT 2026

काठमाडौँ- त्रिशूली किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जंगलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार वैज्ञानिक ढंगले जमिनमुनि व्यवस्थापन सुरु गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन् । तीमध्ये ९ जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ।
Read full story at source (himalpress.com)