खारे खोलाले जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका-८ का १५ घर उच्च जोखिममा
nepalpress.com · Fri Jul 24 02:17:00 GMT 2026

रामेछाप । अविरल वर्षापछि आएको बाढीका कारण खारे खोलाले जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका-८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। बस्तीका करिब १० घर तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
स्थानीय रवीन्द्र सुरेलका अनुसार बस्तीमा रहेका १४–१५ घरमध्ये अधिकांश घर जोखिममा परेका छन्। बाढीका कारण जमिन कटान बढेपछि स्थानीय पहलबहादुर तमाङ, धनबीर तमाङ र रत्नबहादुर तमाङले घर छाडेका छन् ।
Read full story at source (nepalpress.com)