प्रदेशको आन्तरिक आम्दानी कमजोर, राजस्व संकलनले भेटेन लक्ष्य
baahrakhari.com · Fri Jul 24 02:29:05 GMT 2026

काठमाडौं । सातवटै प्रदेश सरकार आन्तरिक आय वृद्धि र त्यसको परिचालनमा कमजोर देखिएका छन् । कतिपय प्रदेशले चालु आर्थिक वर्षको बजेटमार्फत आफ्नो आन्तरिक आय बढाउने घोषणा नै गरेका छन् । तर, विगतदेखि नै राजस्व संकलनको दर भने कमजोर देखिन्छ । प्रदेश सरकारहरूलाई संघीय अनुदानको भरमा चल्ने गरेको भन्ने आरोप पनि छ । प्रदेशको कुल आयमा आन्तरिक राजस्व (आफ्नै कमाइ)को योगदान न्यून हुँदा यस्तो आरोप लाग्ने गरेको हो ।
कोसी प्रदेशले चालु आर्थिक वर्ष आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्ष पनि त्यति नै लक्ष्य थियो । तर, त्यो लक्ष्य भेट्टाउन भने सकेन । संघीय अनुदानसहित कोसी सरकारको आ.व. २०८२/०८३ को कुल आय ३० अर्ब ३८ करोड रुपैयाँ थियो । जसमा आफ्नै कमाइको हिस्सा (राजस्व) भने थोरै देखिन्छ ।
Read full story at source (baahrakhari.com)