‘टनेल टेक्निकल टिम’सहित भारतले पठायो चौथोपटक राहत सामग्री
kendrabindu.com · Sun Aug 30 01:39:11 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ। भारतका विदेशमन्त्री एस जयशंकरले दिएको जानकारीअनुसार ११ टन राहत सामग्रीसहित शनिबार राति सी-१३० सैन्य विमान नेपाल पठाइएको हो।
खोज र उद्धारका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली (टनेल टेक्निकल टिम), फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटसहितका राहत सामग्री पठाइएको उनले बताएका छन्।
Read full story at source (kendrabindu.com)