काठमाडौंसहित २८ जिल्लामा बाढीको जोखिम
kendrabindu.com · Fri Jul 24 03:08:52 GMT 2026

काठमाडौं । आज काठमाडौंसहित देशका २८ जिल्लामा बाढीको जोखिम हुने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान बुलेटिन जारी गरी बाढी आउने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएको छ।
बुलेटिनमा भनिएको छ, ‘आज खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुमपूर्व, रुकुमपश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन हुन अनुरोध छ।’
Read full story at source (kendrabindu.com)