पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध
barnanmedia.com · Fri Jul 24 03:11:24 GMT 2026

अविरल वर्षाका कारण पहिरो खस्दा बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। साँफे–मार्तडी सडकअन्तर्गत पर्ने सेलाघाट, राप्का, वीरे खोला र कारागारमुनिको सडक क्षेत्रमा परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरोका कारण जडाङ्गा, राप्कालगायतका केही स्थानका घरसमेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो।
Read full story at source (barnanmedia.com)