बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध
ratopati.com · Sun Aug 30 01:41:34 GMT 2026

काठमाडौँ । अविरल वर्षा र सम्भावित बाढी-पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रात्रिकालीन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै बीपी राजमार्गमा विशेष सावधानी अपनाइएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिने प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)