शिक्षामन्त्री-कन्सल्टेन्सी वार्ता निस्कर्षहिन, मन्त्रीले जुधाउन खोजेको आरोप
kendrabindu.com · Fri Jul 24 03:41:32 GMT 2026

काठमाडौं । सरकारले अगाडि सारेका प्रावधानविरुद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ । व्यवसायीले जारी आन्दोलनलाई अझै सशक्त बनाउने भएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का उपाध्यक्ष बासुदेव दाहालका अनुसार मन्त्री पोखरेलले मागहरू समाधानका कुनै पनि विषयमा सकारात्मक जवाफ दिएनन् । त्यसैले आन्दोलनलाई थप सशक्त बनाउनुको विकल्प नभएको उनले बताए । आन्दोलनका थप कार्यक्रमबारे आज व्य्वसायीबीच छलफल हुने भएको छ ।
Read full story at source (kendrabindu.com)