प्रधानमन्त्री शाहले आज निर्यातजन्य व्यवसायसँग छलफल गर्दै
nagariknews.nagariknetwork.com · Fri Jul 24 04:07:42 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग-व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)