आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
nepalviews.com · Fri Jul 24 04:27:14 GMT 2026

एजेन्सी । अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा साझेदारीअन्तर्गत निर्माण गर्न लागिएको आणविक ऊर्जा सञ्चालित पनडुब्बी कार्यक्रमलाई अघि बढाउन थप चार अर्ब ६० करोड अस्ट्रेलियन डलर (करिब तीन अर्ब २० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । सरकारका अनुसार उक्त लगानीले देशको दीर्घकालीन पनडुब्बी निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनका लागि आवश्यक स्वदेशी क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिण अस्ट्रेलियास्थित ओसबोर्न शिपयार्डमा गरिएको उक्त अतिरिक्त लगानीले ‘औकस’ सम्झौता योजनाअनुसार नै अघि बढिरहेको स्पष्ट हुने बताए । उनका अनुसार यो लगानी भविष्यको पनडुब्बी फ्लीट निर्माण र त्यसको दिगो सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा दक्षता विकास गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो ।
Read full story at source (nepalviews.com)