बाढी प्रभावितका नाममा जथाभावी रकम नउठाउन आग्रह
gorkhapatraonline.com · Sun Aug 30 01:48:37 GMT 2026

जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाले बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न तथा नगराउन आग्रह गरेको छ ।
विपद्को समयमा केही व्यक्ति तथा समूहले बाढी प्रभावितका लागि भन्दै आर्थिक सहयोग संकलन गर्न सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न समितिले आग्रह गरेको हो । समितिको बैठकले बाढी प्रभावितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)