करिब ९ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता कति ?
arthasansar.com

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य सुधार देखिएको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले बढी हो । यो बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा १२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
Read full story at source (arthasansar.com)