नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला
ratopati.com · Fri Jul 24 04:38:00 GMT 2026

काठमाडौँ । नेपालमा २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो । यसअघि गत वर्ष भदौमा जारिी गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।
Read full story at source (ratopati.com)