रास्वपाको लिखित निर्देशन: सांसद्ले स्वकीय सचिव राख्दा नातावाद र परिवारवाद नदेखियोस
kendrabindu.com · Fri Jul 24 04:40:33 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको बताएका हुन्।
स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्डमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’
Read full story at source (kendrabindu.com)