दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन
barnanmedia.com · Fri Jul 24 23:51:49 GMT 2026

ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारवाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधीमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ ।
Read full story at source (barnanmedia.com)