नीताको ‘पार्वती’ को अमेरिका प्रदर्शन अधिकार बिक्री
kalakarmi.com · Fri Jul 24 04:56:56 GMT 2026

काठमाडौं- आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण टिमले दिएको जानकारीअनुसार माया डिजिटलले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । यद्यपि, फिल्म कति रकममा बिक्री भएको हो भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन ।
अमेरिकामा प्रदर्शन अधिकार बिक्री भएपछि फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकामा रहेका दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेकी छन् । ‘माया, संघर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको यो भावनात्मक चलचित्र अब अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा चलचित्रप्रेमी दर्शकमाझ पनि पुग्दैछ’, उनले भनेकी छन् ।
Read full story at source (kalakarmi.com)