इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र वितरण
nepalviews.com · Sat Jul 25 00:23:31 GMT 2026

चितवन । इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) बितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा बितरण गरेका हुन् ।
सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपूर्जा बितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुम्बासीका लागि लालपूर्जा बितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।
Read full story at source (nepalviews.com)