हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसंघको आह्वान
barnanmedia.com · Sat Jul 25 00:15:06 GMT 2026

संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशहरूलाई हर्मुज जलमार्गमा फसेका करिब छ हजार नाविकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकहरूको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर सङ्कट’ को सामना गरिरहेका टर्कका प्रवक्ता शाबिया मन्तुले बताउनुभयो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले जलमार्गमा सयौं जहाजहरूमा कम्तीमा छ हजार नाविकहरू फसेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)