अख्तियारको वार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक समिक्षा कार्यक्रम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आयोगको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा आयोगका आयुक्त,सचिव, महाशाखा प्रमुख, आयोग मातहत कार्यालयका प्रमुख, आयोगका अनुसन्धान अधिकृत र ‘भर्चुअल’ माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगको समग्र काम कारबाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्य र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।
Read full story at source (hamrakura.com)