फ्रान्स र स्पेनमा भीषण डढेलो: झण्डै डेढ लाख मानिस विस्थापित
lokaantar.com

फ्रान्स र स्पेनका विभिन्न जङ्गलमा लागेको भीषण डढेलोका कारण १ लाख ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । निरन्तरको सुक्खा, चरम गर्मी र तीव्र हावाका कारण डढेलो अनियन्त्रित रूपमा फैलिरहँदा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन निकै सकस परिरहेको बीबीसीले जनाएको छ ।
स्पेनको मड्रिड र आविला प्रान्तमा डढेलोले गम्भीर क्षति पुर्याएको छ। मड्रिड क्षेत्रमा मात्र ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्, जसमध्ये ३० हजारलाई सुरक्षित स्थानमा सारिएको छ भने २० हजारलाई घरभित्रै बस्न निर्देशन दिइएको समाचारमा उल्लेख छ ।
Read full story at source (lokaantar.com)