बारामा एक सातामै चार बालबालिकाको मृत्यु
barnanmedia.com · Sat Jul 25 01:00:57 GMT 2026

बारा जिल्लामा पानीमा डुबेर ज्यान जाने घटनाको शृङ्खला रोकिएको छैन। शुक्रबार कलैया उपमहानगरपालिका–१० मा छ महिनाकी एक शिशुको नहरमा डुबेर मृत्यु भएपछि पछिल्लो एक सातामा डुबेर ज्यान गुमाउने बालबालिकाको सङ्ख्या चार पुगेको छ। लगातार बालबालिकाले ज्यान गुमाउन थालेपछि वर्षायाममा अभिभावकको सतर्कता र स्थानीय तहको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार कलैया उपमहानगरपालिका–१०, मटिअर्वाका मोबारक मियाकी छ महिनाकी छोरी सनाया खातुन शुक्रबार साँझ घरको आँगनमा खेल्ने क्रममा आँगनसँगै बगेको नहरमा खसेर डुबेकी थिइन्। परिवारका सदस्यले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याए पनि चिकित्सकले साँझ ६ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।
Read full story at source (barnanmedia.com)