इबोलाको नयाँ खोपको पहिलो परीक्षण सम्पन्न
kendrabindu.com · Sat Jul 25 01:24:25 GMT 2026

काठमाडौं । अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा घातक प्रकोप फैलिरहेको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाविरुद्ध द्रूत रूपमा विकास गरिएको खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई लगाइएको अक्सफोर्ड विश्वविद्यालयले जानकारी गराएको छ ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार मे महिनादेखि सुरु भएको यो प्रकोपबाट कङ्गो र युगान्डामा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसपछि वैज्ञानिक र स्वास्थ्य संस्थाहरूले यो दुर्लभ प्रजातिको इबोलाविरुद्ध खोप वा उपचार विकास गरी मानिसमा परीक्षण गर्ने चरण (क्लिनिकल ट्रायल) मा पुर्याउन दौडधुप गरिरहेका छन्।
Read full story at source (kendrabindu.com)