अख्तियारमा ४० हजार ६५१ उजुरी, सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित
himalpress.com · Sat Jul 25 01:26:22 GMT 2026

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक समिक्षा कार्यक्रम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आयोगको सभाहलमा शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रममा आयोगका आयुक्त,सचिव, महाशाखा प्रमुख, आयोग मातहत कार्यालयका प्रमुख, आयोगका अनुसन्धान अधिकृत र ‘भर्चुअल’ माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा आयोगको समग्र काम कारबाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्य र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो।
Read full story at source (himalpress.com)