सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
barnanmedia.com · Sat Jul 25 01:16:22 GMT 2026

संसदीय समितिले सरकारलाई सीमा निगरानी र सुरक्षाव्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकले सरकारलाई यसप्रकारको निर्देशन दिएको हो ।
समितिले ‘दक्षिणी सीमाक्षेत्रमा नागरिकको शान्तिसुरक्षा’ सम्बन्धी छलफलपछि सीमाक्षेत्रमा आवश्यक सङ्ख्यामा ‘बोर्डर आउटपोस्ट’ स्थापना गरी सीमा निगरानी र सुरक्षाव्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमाक्षेत्रको नागरिकको समग्र अवस्था र सरकारबाट हुँदै आएका कामकारबाहीबारे जानकारी गराउनुभयो ।
Read full story at source (barnanmedia.com)