काभा भलिबल : नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दै
neplays.com · Fri Jul 24 06:20:00 GMT 2026
काठमाडौं। पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाली राष्ट्रिय पुरुष टोलीले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।
इस्लामाबादमा हुने यो खेल नेपाली समयअनुसार आज साँझ ५ः४५ बजे सुरु हुनेछ। लगातार दुई खेलमा ३–२ को प्रतिस्पर्धात्मक हार बेहोरेको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यसहित कोर्टमा उत्रिनेछ। नेपाल पहिलो खेलमा काजाकिस्तानसँग तथा दोस्रो खेलमा श्रीलंकासँग समान ३–२ को सेटमा पराजित भएको थियो।
Read full story at source (neplays.com)