सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
nepalnews.com · Fri Jul 24 06:29:29 GMT 2026

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ। निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याइसकेको छ।
Read full story at source (nepalnews.com)