बाल मन्दिरको सम्पत्ति हिनामिना : ८ जनाविरुद्ध ठगी मुद्दा दायर
ratopati.com · Fri Jul 24 06:38:32 GMT 2026

काठमाडौँ । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोगपत्र दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
Read full story at source (ratopati.com)