लोडसेडिङबाट विद्युत् निर्यातसम्मको यात्रा साझा सफलता-कुलमान घिसिङ
arthasansar.com

पूर्व ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले नेपालले लोडसेडिङको युग अन्त्य गरेर विद्युत निर्यात गर्ने अवस्थासम्म पुगेको यात्रा ऊर्जा क्षेत्रको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले १० वर्षअघि वर्षायाममा दैनिक ८ घण्टा र हिउँदमा १४ घण्टासम्मको लोडसेडिङ भोगिरहेको नेपाल आज वार्षिक करिब २९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
उनले यसलाई केवल तथ्याङ्कीय परिवर्तन नभई नेपालको ऊर्जा इतिहासमा भएको महत्वपूर्ण रूपान्तरणको रूपमा व्याख्या गरेका छन् । घिसिङका अनुसार २०७३ साल नेपालको जलविद्युत विकासका लागि निर्णायक मोड बनेको थियो । त्यतिबेला लोडसेडिङ अन्त्य गर्ने र विद्युत निर्यात गर्ने लक्ष्यलाई धेरैले असम्भव ठाने पनि तत्कालीन सरकार र नेपाल विद्युत प्राधिकरणको नेतृत्वले लिएका निर्णयका कारण आज नेपाल विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता राष्ट्रमा रूपान्तरण भएको छ ।
Read full story at source (arthasansar.com)