भारी वर्षाले बाजुरा अस्तव्यस्त: डेढ सयभन्दा बढी बस्ती उच्च जोखिममा
kalakarmi.com · Fri Jul 24 06:23:16 GMT 2026

बाजुरा- बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ । लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ ।
सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । जोखिमको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । प्रहरीले जोखिममा परेका नागरिकको सुरक्षित उद्धार गर्नुका साथै प्रभावित परिवारको सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ ।
Read full story at source (kalakarmi.com)