फेसबुक मोनेटाइजेसनको आकर्षण र व्यक्तिगत गोपनीयता
aarthiknews.com

डिजिटल युगले मानिसको जीवनशैली, सञ्चार र आयआर्जनका स्वरूपलाई पूर्णतः परिवर्तन गरेको छ । केही वर्षअघि समाचार, मनोरञ्जन र विचार आदानप्रदानका माध्यमका रूपमा सीमित रहेका सामाजिक सञ्जालहरू आज व्यवसाय, शिक्षा, विज्ञापन, व्यक्तिगत ब्रान्डिङ र आम्दानीका महत्वपूर्ण प्लेटफर्म बनेका छन् । विशेष गरी फेसबुकले मोनेटाइजेसन ९सामग्रीबाट आय आर्जन गर्ने सुविधा० उपलब्ध गराएपछि हजारौँ मानिस सिर्जनशील सामग्री निर्माणमा सक्रिय भएका छन्। यो परिवर्तन सकारात्मक पनि हो । धेरै व्यक्तिले आफ्ना सीप, ज्ञान, कला र अनुभवलाई विश्वसामु प्रस्तुत गरेर सम्मान र आर्थिक लाभ दुवै प्राप्त गरिरहेका छन्।
तर प्रत्येक अवसरसँग जिम्मेवारी पनि जोडिएको हुन्छ । समस्या त्यतिबेला सुरु हुन्छ, जब मोनेटाइजेसन लक्ष्य नभई मोह बन्छ र फलोअर संख्या उपलब्धि नभइ लत बन्छ । त्यसपछि सामग्रीको गुणस्तरभन्दा बढी ध्यान भाइरल हुने उपायमा केन्द्रित हुन थाल्छ। यहीँबाट गोपनीयता, नैतिकता र आत्मसम्मानसँग सम्झौता सुरु हुन्छ ।
Read full story at source (aarthiknews.com)