नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबारका दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
arthadabali.com · Fri Jul 24 06:52:56 GMT 2026

काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।
सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२ औँ बुँदामा सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख गरिएको थियो। सोही निर्णयअनुसार नेपालमा सञ्चालित त्यस्ता वेबसाइट बन्द गरिएको भए पनि नयाँ नाममा खुल्ने क्रम जारी रहेको छ।
Read full story at source (arthadabali.com)