खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
ratopati.com · Fri Jul 24 07:13:01 GMT 2026

रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार आज बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो। खुकुरी प्रहारबाट उनको घाँटीमा गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)