कालीगण्डकी किनारमा पुरुषको शव फेला
barnanmedia.com · Sat Jul 25 02:14:39 GMT 2026

पाल्पाको बगनासकाली गाउँपालिका–६ बेल्टारीस्थित कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अन्दाजी ५० देखि ५५ वर्ष उमेरका देखिने पुरुषको शव नदी किनारमा फेला परेको हो ।
शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शरीरमा कुनै कपडा नभएको, बायाँ हातमा घडी रहेको र शव फुलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)