मोरङमा नाबालिकाको बीभत्स हत्या: घरबाट हराएकी बालिकाको घारीमा शव भेटियो
annapurnapost.com · Sat Jul 25 02:45:39 GMT 2026

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्।
नाबालिका घरबाट हराएको केही समयपछि नजिकै रहेको घन्सीबारी (घाँसघारी) मा बीभत्स अवस्थामा शव भेटिएको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शुक्रबार अपराह्न करिब ४ बजेदेखि बालिका हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको घारीमा शुक्रबार साँझ करिब ७:३० बजेतिर उनको शव फेला परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ एसपी कटवाल स्वयं घटनास्थल पुगेर अनुसन्धानमा खटिएका थिए।
Read full story at source (annapurnapost.com)